Monday, September 10, 2018

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपालको तीज बिर्साउने गरी अमेरिकामा यसरी सम्पन्न भयो तीज महोत्सब

 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजना ।  दुई दिन देखिको लगातार वर्षा, तर पनि अमेरिकामा रहेका दिदी बहिनीको मुहारमा छाएकै थियो हर्ष । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो - हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए ।  सेप्टेम्बर ९ तारिख आइतबार बिहान

Sunday, September 2, 2018

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीद्वारा अमेरिकामा तिज महोत्सब आयोजना

तीज महोत्सब अमेरिका २०१८ : निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरु पनि !

मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा 
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।        

आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका  दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममानाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित

Monday, July 23, 2018

अमेरिकामा २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

* गीतकारअम्बिका गुरुङ 
* अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल
* बिओटी उपाध्यक्ष रोहिणी शर्मालाई आयोजक दुवै संस्थाका तर्फबाट सम्मान
 कार्यक्रमको मञ्च पछाडिको खेल मैदान भारी वर्षाले ताल बनिरहेको थियो । कुनै बेला इन्द्र खुसी हुनुहुन्छ पानी पर्छ कुन बेला रिसाउनुहुन्छ पानी बन्द हुन्छ तर पनि सहभागीको आउने र जाने क्रम रोकिएन । मौसमको प्रतिकुलता जे जस्तो भए पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेलको प्रस्तुति सुन्दै हाँस्दै गर्दा सहभागीहरू खुसी भएर पानी पार्ने इन्द्र भन्दा अझै खुसी र दङ्ग देखिए । त्यसमाथि मिठा मिठा नेपाली खाना परिकार

Saturday, April 28, 2018

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियामा "वाशिङटन डिसी साहित्य सँगम" बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियामा "वाशिङटन डिसी साहित्य सँगम" बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यिक आकाशका अग्रज साहित्यकारहरुको सम्झना गर्दै, माल्यार्पण गर्दै शुरु गरिएको उक्त शीतकालीन साहित्यिक कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले  कविता, मुक्तक र गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य 

Saturday, April 14, 2018

Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA

रामप्रसाद खनाल शान्तिका लागि राजदूत नियुक्त,  The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण



संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिब देखी बिभिन्न देशका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रिहरु, सबै खाले धर्मका धर्म गुरुहरु, कलाकार, पत्रकार, बैज्ञानिक देखी प्रसिद्ध मानिसहरु आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त

Sunday, March 11, 2018

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीद्वारा नारी दिवशका सन्दर्भमा बिशेष साहित्यिक कार्यक्रम आयोजना

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी महिला बिभागको आयोजना, उपाध्यक्ष बिमला निरौलाको सभापतित्व, सदस्य पुस्पा घिमिरेको सँचालन, सुनिता खत्रीको स्वागत भासण, सल्लाहकार मन थापा मगरको नारी दिवश सम्बन्धी मन्तब्यमा सम्पन्न कार्यक्रम मा बोल्दै अनेसास का संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अनेसासले नारी दिवशका सन्दर्भमा पनि साहित्यिक कार्यक्रम आयोजना गरेर राम्रो कार्य गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले


                                  नारी बिभेद नारी बाटै बढी हुने गरेको बताउँदै जे भने पनि जसो गरे पनि   नारी र पुरुष दुबै एक अर्काका पुरक भएको बताउनु भयो । नारी दिवशका सन्दर्भमा आयोजित कार्यक्रम भएकोले संस्थामा रहेका नारीहरु द्वारा नै पूर्ण सँचालन गर्ने गरी यस पटकको कार्यक्रममा पुरुषहरुले बाहिर बाट मात्र सहयोग गरी स्वतन्त्र छोडिएको खनालले जनाकारी दिनुभएको थियो ।

     कार्यक्रममा समाजसेबी महिलाहरु बिजया शाह, मन्दिरा मैनाली, अम्बिका गुरुङ, नन्दादेबी सुबेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रकाश नेपाल, रामशरण हुमागाइँ, होमनाथ सुबेदी, भुप नारायण घर्तिमगर, रामप्रसाद खनाल, बिमला निरौला, रजनी श्रेष्ठ, गुणराज लुइँटेल, मन थापा मगर, शकुन्तला अधिकारी, सुजना
ढकाल, कल्पना सत्याल, सुनिता खत्री, रबिन्द्र श्रेष्ठ, लोक कुमारी सुबेदी, निलकण्ठ सुबेदी, गोमा न्यौपाने, अम्बिका गुरुङ, कमला खरेल, बिना घर्ति मगर, पुस्पा घिमिरे, तारा न्यौपाने, मुकुन्द कोइराला, रोजा ओली, नीता श्रेष्ठ, मनिषा प्रसाईं, सुभा गौतम नेपाल, खगेन्द्र थापा, शती थापा लगायतका ब्यक्तित्वहरुले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा

Sunday, February 25, 2018

वाशिङटन डिसीको साहित्य सँगम लोकप्रिय बन्दै र सबैले यस्तो पो कार्यक्रम भन्दै ।

अमेरिकामा खुराफातीलाई सम्मान गर्‍यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले !



  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा कवी, कलाकारहरुले आ अाफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साँगीतिक

Sunday, January 28, 2018

कतिखेर गललल्ल हाँसोको फोहोरा त कतिखेर स्तब्धता ! पालैपालो कबिता, गजल, गीत, मुक्तक लगायत आ-आफ्ना कोशेली पस्किंदै गए चार घण्टा बितेको पत्तै भएन ।

न भासण, न बोलाएको बोलाई गरिने अतिथिका आशन ! बाहिर जाडो थियो, सिमसिमे पानी परिरहेको थियो, भित्र कवयित्री, कविहरु पलेटी मारेर बसेकाछन, भित्र भिडभाडको कारण पसीना पनि छुटिरहेकोछ, यत्तिकैमा कतिखेर गलल्ल हाँसोको फोहोरा छुट्छ त कतिखेर स्तब्धता छाउँछ । यस्तैमा कवि कवयित्री कलाकारहरु सबै पालैपालो कबिता, गजल, गीत, मुक्तक लगायत आ-आफ्ना कोशेली पस्किंदै गए चार घण्टा बितेको पत्तै भएन । जब सबै कार्यक्रम सकियो फेरि मादल घन्किन थाल्यो, सबै नाच्न र गाउन थाले । अन्तत करिब ५ घण्टा पछी

Saturday, December 30, 2017

हिउँको चिसोमा कविता, गजल, गीत र हाँस्यब्यँगले यसरी तात्यो वाशिङटन डिसी साहित्य सँगम !

हिउँले सेताम्मे थियो वाशिङटन डिसी । चिसो.... ओहो मुटु थर्काउने । तर पनि वाशिङटन डिसीका कवि र कवयित्री अनि कलाकार एक ठाउँँमा जुटे, अा आफ्न पालामा जुरुक्क उठे अनी शुरु गरे आ अाफ्ना कविता, गीत, गजल र हाँस्यब्यँग पस्किन । चार घण्टा लामो कार्यक्रम सकिएको कसैलाई पत्तै भएन । छिन छिनमा रचनाहरुले सबैलाई स्तब्ध पार्थे त छिनमै जुरुक्क उछाल्थे भने छिनमै हाँसोको बर्षा पनि हुन्थ्यो ।

हालै निधन हुनुभएका अग्रज साहित्यकारहरु प्रेमा शाह र कविताराम श्रेष्ठ, अग्रज संगीतकार चन्द्रराज शर्मा प्रति हार्दिक श्रध्दान्जली अर्पण गरेर शुरु गरिएको उक्त बिशेष साहित्यिक कार्यक्रम अङ्रेजी नयाँ बर्षको स्वागत, वाशिङटन डिसी साहित्य सँगम, अनेसासको नियमित कार्यक्रम सबै एकसाथ सँलग्न गरी आयोजना गरिएको थियो ।
     कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले कार्यक्रम को सभापतिको आशनबाट आगन्तुक सबैलाई स्वागत गर्दै हरेक महिना वाशिङटन डिसीमा यसरीनै वाशिङटन डिसी साहित्य संगम आयोजना गरिरहने र छानिएका रचना पुस्तकमा प्रकाशन गरिने घोषणा गर्दै गर्दा सबै उत्साहित देखिए ।

चलचित्र नायक, अग्रज कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँचका सल्लाहकार सरोज खनाल र अर्का अग्रज एबम लोकप्रिय कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलको संयुक्त प्रमुख

Wednesday, November 29, 2017

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम गर्दै

 "वाशिङटन डिसीका कवि र कविता" प्रकाशन गर्ने कार्य शुरुवात 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा अब देखी हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम नामाकरण गरिएको बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ । संसार भर छरिएर रहेको यस संस्थाको सबैभन्दा बढी कृयाशिल अँग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले यस अघि पनि नियमित कार्यक्रम गर्दै अाइरहेको थियो तर अब देखी महिनाको एउटा नियमित कार्यक्रम र त्यसका अलावा अतिरिक्त कार्यक्रमहरु 

Saturday, November 25, 2017

"वाशिङटन डिसीका कवि र कविता" बारेको जरुरी सूचना !

अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति "वाशिङटन डिसीका कवि र कविता" प्रकाशन प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि सुदीपभद्र खनाल, नीरा शर्मा र दुर्गा रिजाल रहेको सम्पादक मण्डलले आफ्नो काम सुरु गरिसकेको छ । कृपया माथि उल्लेखित मापदण्ड भित्र रही समसामयिक बिषयमा लेखिएका कविता, गीत, गजल, मुक्तक, हाँस्यब्यङ्ग सहितका साहित्यिक रचना पठाउनुहुन सबन्धित सबैमा बिनम्र अनुरोध गरिन्छ । उक्त पुस्तक प्रकाशन भए पछि कृतिमा रचना समाबेश भएका सबै लेखकहरुलाई दुई दुई प्रति पुस्तक निशुल्क प्रदान गरिने भएकोले सबै लेखकज्यूहरुमा २० डलरका दरले पुस्तक प्रकाशनार्थ सहयोगका लागि आह्वान गर्ने निर्णय भएको ब्यहोरा पनि सादर अनुरोध छ ।
कृपया कृति प्रकाशित भए पछि त्यसको महत्व हुने भएकाले स्तरिय रचना पठाउनुहुन र रचना सँगै inls को नाममा २० डलरको चेक लेखी तल उल्लेखित महासचिब भूप नारायण घर्तिमगरको ठेगानामा हुलाक मार्फत वा वहाँ सहित संस्थाका कुनै पनि पदाधिकारी वा सदस्य हरुलाई प्रत्यक्ष दिन हुन पनि बिनम्र अनुरोध गरिन्छ । सँकलित सबै रचना सम्पादक मण्डललाई उपलब्ध गराइने र स्वीकार गर्ने नगर्ने, सम्पादन गर्ने अधिकार वहाँहरुमा निहित रहने छ । रचना डिसेम्बर ३० तारिख भित्र

अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम सम्पन्न !


देश भित्रै दशैँ बहिस्कारका नाममा केही भस्मासुरहरु बिकी रहेका बेला र दशैँ बहिस्कार गर्न लगाउने खलनायकको निधारमा २२ बर्ष पछी दशैँ को टिका टिकी रहेका बेला, नेपालीहरुको महान चाड दशैँको बारेमा, सबै नेपालीको चाड दशैँको बारेमा सन्देश दिन, सबैलाई एक भएर दशैँ मान्न आह्वान गर्ने सन्देश दिनका निम्ती नेपाल र नेपाल बहिर पनि पहिलो पटक, अमेरिकामा पहिलो पटक दशैँको सामुहिक टिका र आशिर्बाद ग्रहण, सहभोज, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रम भब्य रुपमा सम्पन्न

Monday, August 21, 2017

यसरी सम्पन्न भयो अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४

अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४ दुर्गा मन्दिर फेयरफ्याक्समा भब्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी,  सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र महिलाहरुको संस्था अमेरिका नेपाल महिला संघ (ANWA) को संयुक्त आयोजनामा आयोजित तीज महोत्सब २०७४ मा करिब तीन हजार नेपालीहरु सहभागी भएका थिए । तीज महोत्सब कार्यक्रम आयोजक संस्थाहरुका अध्यक्षहरु र निर्णयकहरु नाचेर शुरु गरिएको थियो भने कार्यक्रममा उपस्थित हजुर बा, हजुर आमा,