Saturday, November 25, 2017

"वाशिङटन डिसीका कवि र कविता" बारेको जरुरी सूचना !

अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति "वाशिङटन डिसीका कवि र कविता" प्रकाशन प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि सुदीपभद्र खनाल, नीरा शर्मा र दुर्गा रिजाल रहेको सम्पादक मण्डलले आफ्नो काम सुरु गरिसकेको छ । कृपया माथि उल्लेखित मापदण्ड भित्र रही समसामयिक बिषयमा लेखिएका कविता, गीत, गजल, मुक्तक, हाँस्यब्यङ्ग सहितका साहित्यिक रचना पठाउनुहुन सबन्धित सबैमा बिनम्र अनुरोध गरिन्छ । उक्त पुस्तक प्रकाशन भए पछि कृतिमा रचना समाबेश भएका सबै लेखकहरुलाई दुई दुई प्रति पुस्तक निशुल्क प्रदान गरिने भएकोले सबै लेखकज्यूहरुमा २० डलरका दरले पुस्तक प्रकाशनार्थ सहयोगका लागि आह्वान गर्ने निर्णय भएको ब्यहोरा पनि सादर अनुरोध छ ।
कृपया कृति प्रकाशित भए पछि त्यसको महत्व हुने भएकाले स्तरिय रचना पठाउनुहुन र रचना सँगै inls को नाममा २० डलरको चेक लेखी तल उल्लेखित महासचिब भूप नारायण घर्तिमगरको ठेगानामा हुलाक मार्फत वा वहाँ सहित संस्थाका कुनै पनि पदाधिकारी वा सदस्य हरुलाई प्रत्यक्ष दिन हुन पनि बिनम्र अनुरोध गरिन्छ । सँकलित सबै रचना सम्पादक मण्डललाई उपलब्ध गराइने र स्वीकार गर्ने नगर्ने, सम्पादन गर्ने अधिकार वहाँहरुमा निहित रहने छ । रचना डिसेम्बर ३० तारिख भित्र
अाइपुग्नुपर्ने छ ।
रचना र २० डलरको चेक पठाउने ठेगाना :
Bhup Narayan Gharti Magar
8276 Humphrey Lane
Manassas VA 20109
अनुरोधक :
अनेसास वाशिङटन डिसी मेट्रो कमिटी अमेरिका
ईमेल : inlsdc@gmail.com
https://www.facebook.com/photo.php?fbid=10213331441253770&set=a.1061715136358.10879.1030338690&type=3&theater

No comments:

Post a Comment