Saturday, December 30, 2017

हिउँको चिसोमा कविता, गजल, गीत र हाँस्यब्यँगले यसरी तात्यो वाशिङटन डिसी साहित्य सँगम !

हिउँले सेताम्मे थियो वाशिङटन डिसी । चिसो.... ओहो मुटु थर्काउने । तर पनि वाशिङटन डिसीका कवि र कवयित्री अनि कलाकार एक ठाउँँमा जुटे, अा आफ्न पालामा जुरुक्क उठे अनी शुरु गरे आ अाफ्ना कविता, गीत, गजल र हाँस्यब्यँग पस्किन । चार घण्टा लामो कार्यक्रम सकिएको कसैलाई पत्तै भएन । छिन छिनमा रचनाहरुले सबैलाई स्तब्ध पार्थे त छिनमै जुरुक्क उछाल्थे भने छिनमै हाँसोको बर्षा पनि हुन्थ्यो ।

हालै निधन हुनुभएका अग्रज साहित्यकारहरु प्रेमा शाह र कविताराम श्रेष्ठ, अग्रज संगीतकार चन्द्रराज शर्मा प्रति हार्दिक श्रध्दान्जली अर्पण गरेर शुरु गरिएको उक्त बिशेष साहित्यिक कार्यक्रम अङ्रेजी नयाँ बर्षको स्वागत, वाशिङटन डिसी साहित्य सँगम, अनेसासको नियमित कार्यक्रम सबै एकसाथ सँलग्न गरी आयोजना गरिएको थियो ।
     कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले कार्यक्रम को सभापतिको आशनबाट आगन्तुक सबैलाई स्वागत गर्दै हरेक महिना वाशिङटन डिसीमा यसरीनै वाशिङटन डिसी साहित्य संगम आयोजना गरिरहने र छानिएका रचना पुस्तकमा प्रकाशन गरिने घोषणा गर्दै गर्दा सबै उत्साहित देखिए ।

चलचित्र नायक, अग्रज कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँचका सल्लाहकार सरोज खनाल र अर्का अग्रज एबम लोकप्रिय कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलको संयुक्त प्रमुख
आतिथ्य, महासचिब भूप नारायण घर्तिमगरको मनमोहक उद्घोसणमा सम्पन्न उक्त वाशिङटन डिसी साहित्य सँगममा सहभागी करिब एक सय जना मध्ये पुरू सुबेदी, कल्पना सुबेदी, बिमला निरौला, दुर्गा रिजाल, अम्बिका गुरूङ, पुष्पा घिमिरे, मन थापा, बिना घर्तिमगर, लोक कुमारी सुबेदी, निलकण्ठ सुबेदी, सुनिलमणी दाहाल, पुष्कर पन्त, शिबहरी पौडेल, सरोज खनाल, प्रकाश नेपाल, परशु तिमल्सिना, नीता श्रेष्ठ, प्रेम संग्रौला, गुणराज लुईटेल, रजनी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, मुकुन्द कोईराला, गोमा न्यौपाने, शकुन्तला अधिकारी, खगेन्द्र थापा, कृष्ण अधिकारी, होमनाथ सुबेदी, अरूण रूपाखेती, मनमाया दाहाल, नीरा शर्मा, डा. रघुनाथ अर्याल, भुपनारायण घर्तिमगर, रामप्रसाद खनाल सहितका साहित्यकारहरुले आ अाफ्ना कविता, गजल, गीत, हान्स्यब्यँग सहितका रचना प्रस्तुत गर्दा को क्षण अबिस्मरणिय थियो । डा. शुकदेब शाह र डा. बिष्णु घिमिरेले समालोचना गर्दै अाफ्ना मन्तब्य राख्नुभएको थियो ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फबाट अग्रज कलाकार सरोज खनाललाई सम्मान गरिएको थियो भने ए एन एसमा उपाध्यक्षमा निर्वाचित कार्य समितिका सदस्य कृष्ण अधिकारीलाई पनि बधाई सहित सम्मान गरिएको थियो । 

कार्यक्रमका तस्वीरहरु आँफै यसरी समाचार बोल्छन  : 

                     




No comments:

Post a Comment