Saturday, April 25, 2015

नेपालमा भुकम्पको कारण ठुलो धनजन को क्षति भएको यो अत्यन्त दु:खद घडीमा !

नेपालमा भुकम्पको कारण ठुलो धनजन को क्षति भएको यो अत्यन्त दु:खद घडीमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसीले अप्रिल २६ मा गर्न लागेको साहित्यिक तथा साँस्कृतिक साँझ हाल लाई स्थगित गर्ने भन्ने कार्यक्रम उपसमितीको निर्णय, कार्यसमितिका साथीहरुको भावना अनुसार अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ । अब कहिले गर्ने कसरी गर्ने भन्ने बिषयमा उपसमितिले पछी निर्णय गरी साथीहरुलाई जानकारी गराउनेनै छ । यस दु:खद घडीमा भुकम्पमा परि ज्यान गुमाउनुहुने सबै प्रति अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो समिती समस्त परिवार हार्दिक श्रध्दान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी, मेट्रो च्याप्टर  समस्त परिवार



प्रभु तिमी के गर्दैछौ यस्तो !!!
के हो तिम्रो यो लीला ?
यसरी निर्दोसको ज्यानै लिन मिल्ला ??
के दोश थियो यि निर्दोश मानिसको ?
के दोश थियो सुन्धारा धरहराको ?

तिमी किन यती सार्हो निर्दयी बन्यौ ?
भुकम्पलाई पनि नेपाल नै जा किन भन्यौ ?
यो त अती भयो प्रभु !
सयौँ लालाबालाको ज्यान लियौ
कतिलाई टुहुरा बनायौ
कतिलाई सन्तान बिहिन !
हजारौंँलाई बेघरवार बनायौ !
सुनेको थिएँ तिमीले त न्याय गर्छौ
तर देख्दैछु तिमी अन्याय गर्दैछौ !
निर्जिब घरहरु माथि किन आक्रोस पोख्यौ ?
नेपालनै हल्लाउने गरी
भुकम्पको तराजुमा किन बारम्बार जोख्यौ ?
जँगलीहरुले देखाए जस्तै तान्डब किन पोख्यौ ??
प्रभु यो त अती भयो !!!
कती पिँडा सहने नेपालीले ?
के के पिँडा सहने नेपालीले ?
कहिले सम्म पिँडा सहने नेपालीले ?
म तिम्रो भक्त आज सिरियस भएर सोध्दै छु ......
प्रभु म तिमीलाई मानु या नमानु ?
श्रध्दा भक्ती गरुँ या छोडुँ ?
यो त अती भयो प्रभु !
मेरो मन दुखेको छ आज
मुटु छिया छिया भएको छ आज
तिमी प्रति दुखेसो छ आज
प्रभु तिम्रो के हो यस्तो चाला ?
तिमी यस्तै गर्छौ भने
तिम्रो मन्दिर मस्जिद चर्चहरुमा अब को नै जाला ??
किन बुन्दैछौ तिमी लशै लाशहरुको माला ??!!
- रामप्रसाद खनाल, Virginia April 25, 2015
for more detail click this link too
http://www.nepalmother.com/2015/04/blog-post_25.html

No comments:

Post a Comment