Monday, June 15, 2015

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टर ( INLS Washinton D.C. Metro Chapter) का तर्फबाट सबैलाई चुल्हे निम्तो !
स्थान : Centreville Library, 14200 St Germain Dr. Centreville, VA 20121, Phone:(703) 830-2223,  समय : 11.30 बजे
मिती : July 5 आइतबार ( कृपया आफ्नो क्यालेन्डरमा मार्क गर्न, काममा बिदा मिलाउंदै गर्न अनुरोध छ )
प्रबेश : निशुल्क
निमन्त्रणा : इच्छुक सबै लाई ।   
      
आगामी July 5,  दिउँसो 11.30 बजे सेन्टरभिल लाइब्रेरी हलमा हुन लागेको साहित्यिक तथा सम्मान कार्यक्रम ( भुकम्पका कारण पहिले स्थगित गरिएको कार्यक्रम ) मा  डिसी मेट्रो एरियामा रहनुभएका इच्छुक साहित्य प्रेमी सबै महानुभाबहरु,  कार्यसमितिमा रहेका सबै साथीहरु र परिवार, सल्लाहकारज्यूहरु र वहाँहरुका परिवार, आजिबन सदस्यज्यूहरु र वहाँहरुका परिवार सबैलाई भुकम्प पछीका समसामयिक नयाँ कबिता रचनाका साथ कार्यक्रममा उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौँ । कार्यक्रमको बारेमा कार्यक्रम सँयोजन समिती : भुपनारायण घर्ति मगर, परशु तिम्सिना, पुस्कर पन्त, अनिल खनाल, कम्म्युनिकेशन डाइरेक्टर विश्वराज थापा र कार्य समितिमा रहनुभएका सबै साथीहरु सँग संपर्क गरी जानकारी लिन सक्नुहुने छ । ठीक समय यानेकी 11.30 बजे कार्यक्रम शुरु हुने भएकोले सबैलाई 11.30 मा अाइसक्न पनि बिनम्र अनुरोध गरिन्छ । उक्त दिन भुकम्प पछीको परिस्थितीलाई मध्यनजर गर्दै मनोरन्जनात्मक नाच गानका कुनै कार्यक्रम गरिने छैन ।

-  अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टर  INLS Washinton DC Metro Chapter,
 visit our site www.INLSDC.blogspot.com)

No comments:

Post a Comment