

साहित्य कलाका बारेमा मन्तब्य राख्दै कविताहरु बाचन गर्नुभएको थियो । साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला, भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु तिमील्सेना, नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । बिशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवी एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरु उपहार प्रदान गर्नुभएको थियो ।
Photo: Nepalmother.com and Enepalese.com
No comments:
Post a Comment