
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको तत्वाबधानमा कविता प्रतियोगिता, खेलकुद र बनभोजको आनन्द र रमाइलो समेतका माझ अमेरिकामा भानु जयन्ती भब्यरुपमा सम्पन्न गरिएको छ । नेपाली राजदुताबासका इकोनोमिक काउन्सेलर कैलाश पोखरेलको प्रमुख आतिथ्य, अनेसास का संस्थापक अध्यक्ष होमनाथ सुबेदी र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष डा श्याम कार्कीको बिशेष आतिथ्य, संस्थाका अध्यक्ष राम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवी सुदीप भद्र खनाल, अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाकापूर्व अध्यक्ष नीता श्रेष्ठ, कवी प्रेम सँग्रौला आदिले आफ्न मन्तब्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष एबम भानु जयन्ति कार्यक्रम सँयोजक भूपनारायण घर्तिमगर, साहित्यिक कार्यक्रम सँयोजक रबीन्द्र श्रेष्ठ, कोसाध्यक्ष पुस्कर
पन्त, सदस्य निलकण्ठ सुबेदीले पालैपालो सँचालन गर्नुभएको कार्यक्रममा बयस्क कविता प्रतियोगिता र बाल कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रममा गीत, कविता, मुक्तक हरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रमका केही झलक हरु तल प्रस्तुत छन : (बाँकी फोटो र भिडियो अपलोड हुँदैछन प्रतिक्षा गर्नुस् । )


Photos: Nepalmother.com and Enepalese.com


























































































No comments:
Post a Comment