अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी
निर्बाचन समिति२०१७
बिषय: - निर्बाचन सम्बन्धमा ।
उपरोक्त बिषयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डी सी मेट्रो कमिटीले गत मिति डिसेम्बर ३१ , २०१६ का दिन नयाँ कार्य समितिको निर्बाचन प्रकृया सम्पन्न गर्न सँस्थाको बिधानको धारा ७ को उपधारा ७-२-१ बमोजिम गठित निर्बाचन समितिले (आयोग) बिधान बमोजिम समयमै निर्बाचन सम्पन्न गर्न निम्न बमोजिम निर्बाचन कार्यतालिका (कार्यक्रम) तथा मतदाता नामावली प्रकाशित गरेको ब्यहोरा सबैमा अनुरोध छ। निर्बाचन प्रकृया सफल तुल्याउन सबैको सहयोगका निम्ती अनुरोध गर्दछौं।
१ :-निर्बाचन हुने पदहरू:-
अध्यक्ष: -१
उपाध्यक्ष: - ३
महासचिव: -१
सचिब:- १
कोषाध्यक्ष: - १
अध्यक्ष: -१
उपाध्यक्ष: - ३
महासचिव: -१
सचिब:- १
कोषाध्यक्ष: - १
२:- उम्मेदवार हुन आवश्यक योग्यता।
अध्यक्ष: -
(क) साहित्य तथा कला (गीत,संगीत, अभिनय आदि) को क्षेत्रमा कम्तिमा ५ बर्ष सेवा गरेको अनुभव।
(ख) आजीवन सदस्य भई कम्तिमा दुई बर्ष सेवा गरेको।
(ग) कार्य समितिमा कम्तिमा एक पदावधी काम गरेको।
(घ) कानूनी रूपमा अयोग्य नठहरिएको।
उपाध्यक्ष/ महासचिव/ सचिब/ कोषाध्यक्ष/ कार्यकारी सदस्य: -
(क) आजीवन सदस्य भएर कम्तिमा २ बर्ष सेवा गरेको।
(ख) कला साहित्य प्रति रूचि भएको।
(ग) बर्तमान कार्य समितिमा भएकाहरूलाई माथिका शर्त लागुहुने छैन।
(घ) कानूनी रूपमा अयोग्य नठहरिएको।
नोट:- (निर्बाचनमा)
(क) कुनै पदमा एक मात्र उम्मेदवार परेमा या योग्य ठहरेमा निर्विरोध निर्बाचित घोषणा गरिनेछ।
(ख) कुनै एक पदमा दुई या दुई भन्दा बढी उम्मेदवारी परेको खण्डमा प्रत्यक्ष गोप्य मतदानको माध्यमबाट निर्बाचित गरिनेछ।
(ग) मार्च ३१ , २०१७ सम्ममा निर्बाचन समितिले औपचारिक कार्यक्रमका बिच पुरानो कार्य समितिलाई बिधिवत बिदाई र नयाँ कार्य समितिलाई सपथ गराई जिम्मेवारी हस्तान्तरण गरिनेछ।
(घ) अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क $५० लाग्नेछ।अन्य पदका लागि दर्ता शुल्क $२५ लाग्नेछ। उम्मेदवारी दर्खास्त शुल्कको रकम Wells Fargo Bank स्थित International Nepali Literary Society, Washington DC को Checking Account Number, 2000025149274 मा जम्मा गरि रसीद दर्खास्त फारम सहित सम्लग्न राख्नुहुन अनुरोध छ।
निर्बाचन कार्यक्रम ।
(१) मतदाता नामावली प्रकाशित भएको मितिले नाम सच्च्याउन,थपघट गर्न तथा दाबी बिरोध गर्न ७ दिनको समय दिईने छ। सच्च्याउन,थपघट गर्न तथा दाबी बिरोध गर्न सप्रमाण दाबी गर्नु पर्नेछ। दशौं दिनका दिन (फेब्रुअरी १०, २०१७) अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।
(२) निर्बाचनको कार्यक्रम प्रकाशित भएको मितिले दुई हप्ता (फेब्रुअरी १५ ,२०१७) भित्रमा उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ। उम्मेदवारी दर्ता ईमेल (INLSDCEC@gmail.com) मार्फत या सँस्थाको म्यासेञ्जर मार्फत गर्न सकिनेछ।
(३) दाबी बिरोध, उम्मेदवारी फिर्ता तथा समझदारीका निम्ती ५ दिनको समय दिईनेछ।अर्को दिन फेब्रुअरी २१, २०१७ मा अन्तिम नामावली प्रकाशित गरिनेछ।
(४) निर्बाचन गर्नु परेको खण्डमा निर्बाचन(मतदान) गरिने स्थान,समय र प्रकृयाहरू सार्बजनिक गरिनेछ।
उम्मेदवारी दर्खास्त फारम।
अन्तरराष्ट्रीय नेपाली साहित्य समाज
वाशिड़्गटन डी सी मेट्रो कमिटी
निर्बाचन समिति(आयोग)
२०१७
मिति: -
बिषय: - उम्मेदवारी सम्बन्धमा।
अन्तरराष्ट्रीय नेपाली साहित्य समाज
वाशिड़्गटन डी सी मेट्रो कमिटी
निर्बाचन समिति(आयोग)
बिषय: - उम्मेदवारी सम्बन्धमा।
म
मतदाता नामावली ( मौजुदा कार्य समिति मार्फत)
1) Mrs. Ajita Rupakhetee :-
13)
Miss
Bipana Pokharal:-
24)
Mr.
Madan Thapa :-
मतदाता नामावली ( पुरानो कार्य समिति मार्फत )
धन्यवाद ।
विनीत
मन कुमारी थापा - प्रमुख आयुक्त
सुजित अर्जेल- आयुक्त
डा • अनिल सुवाल- आयुक्त
निर्बाचन समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी
INLSDCEC@gmail.com
No comments:
Post a Comment