
कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको उक्त बैठकमा सँस्थाका अध्यक्ष भुपनारायण घर्तिमगरले आगामी वार्षिक कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै हरेक ३ महिनामा नियमित र साहित्य सँग सम्बन्धित अन्य कार्यक्रम गर्दै जान राखेको प्रस्तव सर्ब सम्मत पारीत भयो ।
त्यसै गरी अन्तर्राष्ट्रिय कलाकार मँच सँग मिलेर गर्दै आएको तीज महोत्सबलाई निरन्तरता दिने निर्णय भयो ।
भानु जयन्तिको कार्यक्रम जुलाई २१ मा गर्ने निर्णय गरियो भने बैठकमा सँस्थाकी कार्यकारी सदस्य सुनिता खत्री ज्यु लाई NRNA women coordinator पदमा बिजयी गराउन आबस्यक सहयोग र पहल गर्ने निर्णय गरियो।
डिसी महानगरमा हुन गइ रहेको डिसी मेट्रो सप्ताहमा पूर्ण सहयोग गर्दै नेपाली अमेरिकन कम्म्युनिटी सेन्टर र मन्दिर निर्माण कार्यमा अनेसासले अहम भूमिका निर्वाह गर्ने निर्णय भयो ।
यस अघिनै अध्यक्ष रामप्रसाद खनालको नेत्रित्वको कार्य समितीले नेपाली अमेरिकन कम्युनिटी सेन्टर र मन्दिर निर्माणार्थ हुन गैरहेको डिसी मेट्रो सप्ताहका लागि अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका तर्फबाट डेढ महिना अघि कबुल गरेको पाँच हजार डलर मध्ये दुई हजार पाँच सय डलर पुराण सँयोजक समाजसेबी अगुवा अरुण रुपाखेति लाई सोही अबसरमा हस्तान्तरण गरियो ।
निबर्तमान अध्यक्ष रामप्रसाद खनालले उक्त सहयोग बैठक स्थलमै बर्तमान अध्यक्ष भुप नारायण घर्तिमगर र सिङ्गो टिम सँगै हस्तान्तरण गर्नुभयो । हामीले सप्ताहका लागि पूर्ण रुपले सहयोग गर्ने र नेपाली अमेरिकन कम्युनिटी सेन्टर र मन्दिर निर्माणार्थ आबस्यक सबै प्रकारको साथ र सहयोग गर्ने सामुहिक निर्णय पनि गर्यौं अध्यक्ष घर्ति मगरले थप्नुभयो । यो सप्ताहका लागि सबैको साथ र सहयोग होस हाम्रो सामुहिक आग्रह पनि गर्दछौँ खनाल र मगरले भन्नुभयो ।
कार्य समितिको बैठकमा सल्लाहकारहरु र कार्य समिती सदस्यहरुको मनोनयन गर्दै भानु जयन्ती को अबसरमा सुदिपभद्र खनालको कबिता कृति समेत बिमोचन गर्ने निर्णय गरियो ।
अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटी नितान्त नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको ऊथान र बिकासमा निरन्तर लागि पर्दै आएको र यो सँस्थालाई डिसीमा पुनर्जिबित गर्ने काम निबर्तमान अध्यक्ष श्री रामप्रसाद् खनालज्युको कुशल नेतृत्वले सम्भब भएको भन्दै उपाध्यक्ष अरुण रुपाखेती र बर्तमान अध्यक्ष भुपनरायण घर्तिमगर सहित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले खनाललाई बिशेष धन्यवाद दिदै आभार प्रकट गर्नुभयो । सँस्थाको लागि खनालको सहयोगको निरन्तरताका लागि कार्य समितिले वहाँलाई आग्रह गर्यो । यसै गरी निर्वाचन समितीलाई निर्वाचन सम्पन्न गराउन पुर्याएको योगदानका लागि तिनै जना आयुक्तहरुलाई बिशेष धन्यवाद दिने निर्णय भयो ।
आगामी भानु जयन्ती कार्यक्रम जुलाई २१ मा woodbrige मा गर्ने कार्यक्रम सम्पन्न गर्न पुस्कर पन्तको सन्योजकत्वमा समिती गठन गरियो।
कार्य समितिमा निम्न महानुभाबहरुलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरियो ।
- रामप्रसाद खनाल
-प्रकाश नेपाल
-डा होम बहादुर थापा
-डा अनिल सुवाल
-शुभ नेपाल
-सुदिप भद्र खनाल
- राम शरण हुमागाइ
- सुनिल मणी दाहाल
- कृष्ण अधिकारी
-दुर्गा रिजाल
-डा रघुनाथ अर्याल्
-डा सुरेश बस्नेत्
-डा सुनिल शर्मा
-डा राजु सेन्चुरी
-भिम रेग्मी
-निरा शर्मा
-पुरु सुबेदी
-डा गुणराज सुबेदी
-प्रभा देउजा
- चेतन सिटौला
यसैगरी कार्य समितिमा निम्न महानुभाहरुलाइ सदस्य नियुक्त गर्ने निर्णय भयो ।
-डा बिष्णु घिमिरे
-जगत् सुबेदी
-भानु काफ्ले
-कुन्दन् सुबेदी
- दुर्गा अधिकारी
* महासचिब मुकुन्द कोइरालाबाट प्रेसित ।
No comments:
Post a Comment