Friday, April 5, 2019

अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको कार्य समितिका तर्फबाट जारी प्रेस विज्ञप्ती

अनेसास, वाशिङ्गटन डि.सी. मेट्रो कमिटीको  नयाँ कार्य समिति चयनका निम्ति कार्य समितिले विधान बमोजिम सर्बसम्मतिबाट निर्वाचन समिति चयन गरि,  निर्वाचन समितिले बिधि सम्मत ढङ्गले काम गरिराखेको अवस्थामा एका दुई ब्यक्तिले केही प्रश्नहरू उठाउनुभएकोमा निर्वाचन समितिले प्रेस विज्ञप्ती प्रकाशित गरि प्रष्ट पार्दै प्रकाशित निर्वाचन तालिका बमोजिम निर्वाचन हुने ब्यहोरा प्रष्ट पारीसकेको बिदितैछ।

निर्बाचन समिति निष्पक्ष एवं पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा स्वतन्त्र छ र कार्य समितिको बैठकले निर्वाचन सँग सम्बन्धित कार्यका लागि निर्वाचन समितिलाई पूर्ण अधिकार दिएको छ । कहीँ कतै कुनै भ्रम सिर्जना गर्ने काममा सन्लग्न नहुन सम्बन्धित पक्षलाई कार्य समितिको तर्फबाट अनुरोध गर्दछौं।     

सँस्थाका सबै शुभचिन्तक , पदाधिकारी एवं कार्य समितिका सदस्यहरू तथा मतदाताज्यूहरू सबै , निर्वाचनलाई निष्पक्ष एवं पारदर्शी ढङ्गले सम्पन्न गराउन निर्वाचन समितिलाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । निर्वाचन समितिले निर्वाचन तालिका प्रकाशित  गरी काम गरिरहेको परिस्थितीमा सबै आजिबन सदस्यज्यूहरुलाई निर्वाचन सफल पार्न केन्द्रित हुन  हार्दिक आह्वान  गर्दछौं । धन्यवाद   
प्रार्थी,
रामप्रसाद खनाल - अध्यक्ष  एबम 
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी समस्त परिवार ।

No comments:

Post a Comment