Thursday, April 4, 2019

अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटी, निर्बाचन समितिको प्रेस बिज्ञप्ती

अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीको हुन गैरहेको निर्वाचनका सबै प्रक्रिया संस्थाको बिधान अनुसार कार्य समितीको सर्बसम्मत निर्णय अनुसार गठित निर्वाचन समितीले नियम संगत कार्य  गरिरहेको छ। यस सम्बन्धमा निम्न कुराहरु स्पस्ट गर्न चाहन्छौं ।

१- यो कुनै दलिय  निर्वाचन होइन, सामान्य संस्थागत निर्वाचन हो त्यो पनि अमेरिकामा । यहाँ पारिश्रमिक लिएर निर्वाचन समितिले काम गर्दै छैन

२- कार्य समितिले सँस्थाका सदस्यको लिस्ट निर्वाचन समितिलाई उपलब्ध गराए पछी निर्वाचन समितिको तर्फ बाट सूचना प्रकाशन गरी नामावली र निर्वाचन तालिका सार्वजनिक गरिएको हो यसमा कुनै ब्यक्ती बिशेषको कुरा छैन ।

३- प्रबासमा लामो चुनाबी तालिका, झँजटिला कुराको कुनै अर्थ छैन भनेरै नियमानुसार, बिधानको मर्म अनुसार निर्वाचन तालिका घोषणा गरिएको हो ।


४- अध्यक्षको साइटमा मात्र होइन संस्थाकै आफ्नै साइटमा र अन्य मिडियामा पनि सार्वजनिक रूपमा  सूचना प्रकाशित भएको छ ।

५- सकेसम्म समझदारीमा, निर्बिरोध कार्य समिति बनाउने, सबैलाई प्रजातान्त्रिक ढङ्गले सहभागी हुन दिने, समझदारी वा निर्बिरोध नभए मात्र निर्वाचन हुने कुरा सबैलाई ज्ञात भएकै कुरा हो ।

६- निर्वाचन हुने नै भए स्थान तोक्ने काम कार्य समितिको परमर्शमा गरिने छ । हाल समझदारीकै प्रयास भैरहेको छ ।सकेसम्म समझदारीतामा सर्बसम्मत ढङ्गले निर्वाचन सम्पन्न होस भन्ने सबैको चाहना छ नै।

७- निर्वाचन समितिका र अन्य सदस्यको फोन नम्बर र सबै विवरण प्राइभेसीलाई ख्याल गर्दै सार्वजनिक नगरिएको हो र सम्बन्धित ब्यक्तिको अनुमती बिना सबै सार्वजनिक गर्न नसकिने कुरा सबैलाई ज्ञातै छ।

८- उम्मेदवारी दर्ता शुल्क निर्वाचन समितिले परमर्श गरी तोकेको हो । अनेसास सामाजिक संस्था भएको र यसको मतदान हुनेनै भएको खण्डमा हल ब्यबस्थापन, निर्वाचनमा हुने खर्च  ब्यबस्थापन गर्न र सँस्थालाई थोरै भए पनि आर्थिक सहयोग  होस भनेर अध्यक्ष पदमा ५०० र अरु पदमा १०० उम्मेदवारी शुल्क परमर्श गरेरै तोकिएको हो ।

९- कहीं कतै कुनै कुरामा जिज्ञासा भए निर्वाचन समितिलाई ईमेल inlsdc@gmail.com, thapahom16@gmail.com  वा 571-719-1994 मा  संपर्क गर्नुहोला । प्राइभेसिका लागि सबैको ( मतदाताहरू समेतको) फोन नम्बर बाहिर सार्वजनिक गरिएको छैन ।

१०- मतदाता नामावली र निर्वाचन तालिका सार्वजनिक भईसकेको छ। सोही अनुसार हुनेछ ।

११- निर्वाचन समिति निष्पक्ष एवं पारदार्शी ढङ्गले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ।

धन्यवाद !


प्रार्थी, 

      डा. होम बहादुर थापा - प्रमुख निर्बाचन आयुक्त 
- डा. अनिल सुवाल - 
 निर्बाचन आयुक्त 
- श्रीमती सुभा नेपाल (गौतम) - 
 निर्बाचन आयुक्त 
-       निर्वाचन समितिअनेसास वाशिङ्टन डिसी मेट्रो कमिटि 
 571-719-1994
thapahom16@gmail.com , 



No comments:

Post a Comment