

बुढी
आमाले भनिन - अमेरिका आए पछी यस्तो राम्रो देउँसी भैलो मैले बल्ल देखेँ,
सुने, मनै रमायो अर्को साल पनि आउनुहै बाबु नानीहरु ! परिवार नै नाच्न देउसिरे छोप्न मग्न देखिन्थे भने उपाध्यक्ष बिमला निरौला परिवार पनि । अनेसास पूर्व अध्यक्ष पुरु सुबेदी देखी सदस्य रबिन्द्र श्रेष्ठ सम्म, अनेसासका पिता होमनाथ सुबेदी देखी प्रेम सङ्रौला, मँजु कार्की, रघु सुबेदी, मौसम श्रेष्ठ र वहाँको परिवार सम्म सबैले अनेसासका वाशिँगटन डिसी मेट्रो अध्यक्ष रामप्रसाद खनालको देउसी भैलो भट्ट्याइ र देउँसी गीतमा मज्जाले कम्मर भाँचे । अरु त अरु कहिलै ननाच्ने गोबिन्द मन्दिरा मैनालीले
समेत यस पटक देउसी भैलो मज्जा सँग सँग नाचे । कल्पना सुबेदी, प्रज्ञान सुदु मैनाली, लोक कुमारी, गोमा, खेम सङ्रौला, श्याम सुन्दर देखी दर्जनौ लाई पनि यो पटक देउसी भैलो मज्जाले लाग्यो । नाच्ने गाउने बजाउने देउसीरे भन्ने सम्म साथ दिएर यस पटक अनेसासले अमेरिकामा पहिलो पटक आयोजना गरेको तिहारको देउसी भैलोमा सबै रमाए । दक्षिणा समाए तर त्यो दक्षिणा अनेसासका कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रामप्रसाद खनालले सुनाए र यो देउसी भैलो सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । एकजना बुढी आमा नन्दादेबी भन्दैहुनुहुन्थ्यो - अमेरिका आए पछी यस्तो राम्रो देउँसी भैलो मैले बल्ल देखेँ सुने मनै रमायो अर्को साला पनि आउनुहै बाबु नानीहरु !





























No comments:
Post a Comment