Saturday, January 30, 2016

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न !


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा भारी हिमपातका कारण स्थगित भएको जनवरी २३ तारिखमा गर्ने भनिएको नेपाली साहित्यका धरोहरहरु लेखनाथ पौडेल, बालकृष्ण सम, भूपी शेरचन, हृदयचन्द्र सिंह प्रधान, पारशमणी प्रधान र केशब राज पिँडालीको स्मरण गर्दै संयुक्त जन्म जयन्ती र शीतकालिन कविता बाचन कार्यक्रम, अनेसासको रजत महोत्सव वर्षको अवसरमा प्रकाशित हुने "अनेसास इतिहास"को बिबेचना कार्यक्रम, होमनाथ सुबेदीद्वारा लिखित भूकम्प कविता संग्रह, अनमोल सिटौलाको दोस्रो कविता सँग्रह, सुविसुधा आचार्यको सीडीको विमोचन, शिव प्रसाद सत्यालद्वारा लिखित "सृष्टि अनेकको दृष्टि शिवको" विमोचन समेत एक साथ गरिएको बिशेष साहित्यिक कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा वाशिङ्टन डिसीमा फेब्रुअरी १४ मा सम्पन्न भयो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले
संस्थाका शुरु देखी बर्तमान सम्मका गतिबिधी प्रकाश पार्दै कबिता बाचन गर्नुभयो भने साहित्यकार हरि घिमिरे ६ जना साहित्यकारहरु को बारेमा चिनारी दिँदै कबिता बाचन । छन्द कबी सुदीपभद्र खनालले के बाँकी राख्न्थे र पुरनै पारामा छन्द कबिता पस्केर वाह वाही कमाए । अर्का कबी प्रेम सङ्रौला, नेपाल बाट आएका साहित्यकार शिव अधिकारी सहित, साहित्यकारहरु प्रकाश नेपाल, शरद निरौला, राम प्रसाद खनाल, बिमला निरौला, मोहन निरौला, पुरुसोत्तम सुबेदी। कल्पना सत्याल, परशु तिमील्सेना, कल्पना सुबेदी, सिता पाण्डे, गुणराज लुइँटेल, चेतन सिटौला, अनमोल सिटौला लगायतका कयौंका कबिता हरु, सिर्जन ताम्राकार, मन थापा मगर र बीना घर्ति मगरका गीतहरु प्रस्तुत भएका थिए । कार्यक्रमका भिडियो फोटोहरु यहाँ प्रस्तुत छन :














































No comments:

Post a Comment