Thursday, April 11, 2019

अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी,निर्बाचन समिति - २०१९ को निर्वाचन सम्बन्धी अपडेट सहितको सूचना

अप्रिल ११, २०१९,
अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी, निर्बाचन समिति - २०१९ ले अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटीको बिधान अन्तर्गत रहेर प्रकाशित  निर्बाचन तालिका बमोजिम पर्न आएका उम्मेदवारीहरू उपर बिधिसम्मत  छानबिन गरि गत अप्रिल ८, २०१९ का दिन उम्मेदवारहरूको  नामावली प्रकाशित गरेको थियो। उक्त उम्मेदवारी नामावलीहरू उपर तोकिएको समय भित्र दाबि बिरोध पर्न नआएको, कुनै पनि उम्मेदवारहरूले उम्मेदवारी फिर्ता नलिएका र कुनै पनि पदमा एक भन्दा बढी उम्मेदवारी पर्न नआएकोले , मतदान प्रकृयामा जान आबश्यक नदेखिएको हुदा  तपसिलमा उल्लेखित उम्मेदवारहरू देहायका पदहरूमा निर्बिरोध निर्बाचित भएको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।
                     तोकिएको समयमा निष्पक्ष एवं पारदर्शि ढङ्गले निर्वाचन सम्पन्न गराउन सहयोग प्रदान गर्नु हुने सम्बद्ध तथा सरोकार सँस्था, मतदाता एवं सम्पूर्ण शुभचिन्तकहरूलाई निर्बाचन समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
                           तपसिल:
                         ----------------
१:- भुपनारायण घर्तिमगर  - अध्यक्ष 
२:- अरूण रूपाखेती  -  उपाध्यक्ष- जनरल 
३:- रजनी श्रेष्ठ  - उपाध्यक्ष- महिला 
४:- पुष्कर पन्त  - उपाध्यक्ष- सँस्कृति 
५:- मुकुन्द कोईराला - महासचिव 
६:- निलकण्ठ सुबेदी  - सचिब 
७:- असिब (खगेन्द्र) थापा- कोषाध्यक्ष 
८:-  अम्बिका गुरूड़्ग  - कार्यकारी सदस्य 
९:-  रबिन्द्र भक्त श्रेष्ठ  - कार्यकारी सदस्य 
१०:- अनिल खनाल  - कार्यकारी सदस्य 
११:- बिकास अधिकारी  - कार्यकारी सदस्य 
१२:- गोमा न्यौपाने  - कार्यकारी सदस्य 
१३:- सुनिता खत्री  -  कार्यकारी सदस्य 
१४:- लोक कुमारी सुबेदी -  कार्यकारी सदस्य 
१५:- सकुन्तला अधिकारी  - कार्यकारी सदस्य 
१६:- रोजा ओली( राज कुमारी) - कार्यकारी सदस्य 
१७:- संगीता पन्त  - कार्यकारी सदस्य 
१८:- सुजना ढकाल  - कार्यकारी सदस्य 
१९:- सन्देश शर्मा  - कार्यकारी सदस्य 
२०:- अनिल रूपाखेती  - कार्यकारी सदस्य 
 
प्रार्थी, 
डा• होम बहादुर थापा  - प्रमुख निर्बाचन आयुक्त 
डा• अनिल सुवाल  - निर्बाचन आयुक्त 
शुभा गौतम नेपाल- निर्वाचन आयुक्त 
अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी,निर्बाचन समिति , २०१९

No comments:

Post a Comment